बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

बलात्कार र ठगी गर्ने नेता मेहता पक्राउ

१८ मंसिर, काठमाडौं । कारागारबाट ‘छुटाउन पहल गर्छु’ भन्दै एक बन्दीकी श्रीमतीसँग लाखौं रुपैयाँ ठगी गर्नुका साथै बलात्कार गरेको आरोपमा सप्तरीको छिन्नमस्ता गाउँपालिकाका राष्ट्रिय जनता पार्टीका एक नेता पक्राउ परेका छन् ।

राजपा नेपाल जिल्ला कोषाध्यक्ष रहेका छिन्नमस्ता-५, लोखरमका मनोजकुमार मेहतालाई सो आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक भावेश रिमालका अनुसार आइतबार पक्राउ परेका मेहताविरुद्ध बलात्कार तथा ठगी दुवै मुद्दा दर्ता गरी कारबाही अगाडि बढाइएको छ ।

उक्त पार्टीका सदस्य सुनिलकुमार झाले पार्टीका साथीले जानकारी गराएपछि आफूले थाहा पाएको बताए । राजविराज कारागारमा पुर्पक्षका लागि थुनामा रहेका पीडितका श्रीमानलाई छुटाई दिने आश्वासन दिलाइ मेहताले पटक-पटक गरी साढे १० लाख ठगी गर्नाका साथै बलात्कार पनि गरेको पीडितको जाहेरीमा उल्लेख छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE