बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

कांग्रेसको विधान मस्यौदामाथि छलफल जारी,सभापति सबै क्षेत्रमा असफल भएको भन्दै आलोचना 

१८ मंसिर,काठमाडौं । पार्टीको प्रस्तावित विधान मस्यौदामाथि छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक केन्द्रीय कार्यालय सानेपामा चलिरहेको छ ।

कांग्रेसले पार्टीको विधानलाई संघीय संरचनाअनुसार परिमार्जित गर्न विधान संशोधनको प्रस्ताव तयार गरेको छ । पार्टीको विधान संशोधन मस्यौदा समितिका संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तावित विधानको मस्यौदा यही मंसिर ९ गतेको केन्द्रीय समिति बैठकमा पेश गरेका थिए ।

सोही मस्यौदामाथि छलफल चलिरहको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । मंसिर १३ गतेदेखि जारी पार्टीको केन्द्रीय समिति बैठकमा उक्त मस्यौदामाथि छलफल चलिरहेको छ ।

यसैबीच जारी केन्द्रीय समिति बैठकमा पार्टी सभापतिको आलोचनासमेत भएको छ । हिजोको बैठकमा बोल्ने नेताहरुले सभापति सबै क्षेत्रमा असफल भएको भन्दै आलोचना गरेका छन् । त्यस्तै बैठकमा बोल्ने सदस्यहरुले अबको विधानमा जिल्ला समितिहरुलाई शक्तिशाली बनाउने सुझाब दिएका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE