बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

स्कुटर दुर्घटनामा एक जनाको मृत्यु

१९ मंसिर, काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको देवचुली नगरपालिका-१५ प्रगतिनगरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

ना ३२ प ८३९० नं.को स्कुटर दुर्घटना हुँदा नवलपरासी कावासोती-८ का ३७ वर्षिय नवीनराज गौतमको मृत्यु भएको हो ।
उनको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको नवलपरासी पूर्वका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

स्कुटर अनियन्त्रित भएर सडकमा पल्टिँदा दुर्घटना भएको हुन सक्ने बताइएको छ । उनी गण्डकी प्रदेशसभा सदस्य ओमकला गौतमका छोरा हुन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE