बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु

१९ मंसिर, काठमाडौं । ट्याक्टर पल्टिँदा कपिलवस्तु नगरपालिका-९ कुश्मामा गएराति एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीयवासी ४० वर्षिय श्याम यादव रहेका छन् । कुश्माघाटबाट कुश्मातर्फ आउँदै गरेको लु ३ त ५२१६ नं.को ट्याक्टर पल्टिँदा त्यसमा सवार यादवको मृत्यु भएको हो । ट्याक्टर प्रहरी नियन्त्रणमा छ ।

चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE