बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

प्रदेश नं.१ मा ११ महिनामा ५४ जनाको हत्या

२० मंसिर, काठमाडौं । प्रदेश नं.१ मा ११ महिनामा ५४ जनाको हत्या भएको छ ।

बुधबार विराटनगरमा आयोजना गरेको मानवअधिकार र मानवीय अवस्थाको स्थिति विषयक अन्तरक्रिया कार्यक्रममा विभिन्न प्रकृतिका घटनामा ५४ जनाले ज्यान गुमाएको उल्लेख गरिएको छ ।

इन्सेक प्रदेश नं.१ कार्यालय विराटनगरले सन् २०१८ को ११ महिनामा गरिएको सर्वेक्षणमा हत्या हुनेहरूमा २० महिला, २ बालिका, १ बालक, ५ नवजात शिशु र २६ पुरुष रहेका छन् ।

३ जना पुरुषको भने गोली प्रहारबाट हत्या भएका थिए । सो अवधिमा प्रदेशभर राज्यपक्षबाट ४९ सहित ७५० पीडित भएकामा सबैभन्दा बढी बलात्कारबाट २२० र बलात्कार प्रयासबाट ९९ पीडित भएका छन् ।

घरेलु हिंसामा १४१, कुटपिट घाइते ६६, बहुविवाहबाट ४२, बालविवाहबाट ३, मानव बेचविखनबाट १२, अपहरणबाट १०, जातीय विभेदबाट ४ जना पीडित भएका छन् ।

गाली बेइज्जतीबाट ७, हत्या प्रयासबाट ९, गिरफ्तारीबाट ३७, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारबाट ६, अप्राकृतिक मैथुनबाट २ जना पीडित भएका थिए ।

प्रदेश नं.१ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेश सरकार जनताका आधारभूत अधिकार सुरक्षित गर्न लागिपर्ने बताए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE