बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

प्रदेश नं.१ को योजना आयोगका पदाधिकारीहरुले लिए शपथ

२० मंसिर, काठमाडौं । प्रदेश योजना आयोगका उपाध्यक्ष र सदस्यले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश नं.१ को सरकारले केही समयअघि मानव अधिकारवादी नेता सुबोधराज प्याकुरेललाई प्रदेश योजना आयोगको उपाध्यक्ष र सदस्यमा पूर्ण लक्सम र मीना भण्डारीलाई नियुक्त गरेको थियो ।

मुख्यमन्त्री शेरधन राईबाट सपथ लिएसँगै उनीहरूले कार्यभार सम्हालेका छन् । आयोग ५ सदस्यीय रहनेछ । २ सदस्य चाँडै नियुक्त गरिने जनाइएको छ । प्रदेशको विकासका लागि योजना आयोग गठन गरीएको मुख्यमन्त्री राईले बताएका छन् ।

तिव्रगतिमा योजनावद्ध आधुनीक विकासलाई अघि वढाउने काम योजना आयोगले गर्ने उनको भनाई छ । शपथ ग्रहणपछि आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले अवसर र चुनौती एकै साथ आएको बताए । ‘बिना चुनौतीको अवसरले ठोस विकास हुन सक्दैन,’ उनले भने, ‘अबको हाम्रो ध्यान प्रदेश नं.१ लाई आत्मनिर्भर बनाउन केन्द्रित हुनेछ ।’

सरकारले बजेट दिने कर्मचारीले टेन्डर निकाल्ने र ठेकेदारले काम गरे जस्तो गर्ने मोडलको विकासले समृद्धिका सपना पूरा नहुने उपाध्यक्ष प्याकुरेलको भनाई छ ।

उनले भने,‘जबसम्म सचेत नागरिकको विकासमा सहभागिता हुँदैन, तबसम्म हामीले सोचेजस्तो विकास सम्भव छैन,’ ‘कर्मचारी छैनन्, त्यो छैन भन्ने बहाना मात्र हुन् सबै काम हामीले गर्नुपर्छ भन्ने भावना जागो भने ३ वर्षमा यो प्रदेश नुमना बन्न सक्छ ।’

अबको युग विकासको प्रतिस्पर्धाको भएकाले सबैको ध्यान त्यसतर्फ केन्द्रित हुन आवश्यक रहेको प्याकुरेलको भनाई छ ।
आयोगले प्रदेशको समग्र समृद्धिका लागि दूरगामी सोचसहितको दीर्घकालीन लक्ष्य, मार्गचित्र, नीति तथा योजना तर्जुमा गरी कार्यान्वयनको लागि सिफारिस गर्ने छ ।

यसैगरी आर्थिक, सामाजिक, भौतिक पूर्वाधार, जलस्रोत तथा ऊर्जा, प्राकृतिक स्रोत, मानवस्रोत व्यवस्थापन, सुशासनको रणनीति तथा योजना तयार पार्ने काम तोकिएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE