बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

मोटरसाइकल दुर्घटना, चालकको मृत्यु, एक जना घाइते

२० मंसिर, काठमाडौं । भक्तपुरको लोकन्थलीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार राति पौने १२ बजे बा ९३ प १४१९ नंं.को मोटरसाइकल नियन्त्रण गुमाएर सडक किनारको रेलिङमा ठोक्किदा चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा भक्तपुरको सुर्यबिनायक बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका-४ का २३ वर्षिय कुमार श्रेष्ठ हुन् ।
उनको उपचारको क्रममा नागरिक अस्पताल गठ्ठाघरमा गएराति १२ः१५ बजे मृत्यु भएको हो ।

मोटरसाईकलमा पछाडि सवार सोही ठाउँका २५ वर्षिय राजकुमार श्रेष्ठको सोही अस्पतालमा उपचार भइरहेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE