बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

मिलिलालाई पाखा लगाउँदै रियाल मड्रिड प्रि क्वाटरफाइनलमा प्रवेश

२१ मंसिर, काठमाडौं । दोस्रो डिभिजनको मिलिला फुटबल क्लबलाई पाखा लगाउँदै रियाल मड्रिड स्पेनिस किङ्स कप अर्थात कोपा डेल रे फुटबल प्रतियोगिताको प्रि क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको दोस्रो लेगको खेलमा ६-१ को जित निकाल्दै रियाल मड्रिड अन्तिम १६ मा पुगेको हो । यसअघि पहिलो लेगमा ४-० को जित निकालेको रियाल मड्रिडले समग्रमा १०-१ गोल अन्तरको फराकिलो जित हात पारेको छ ।

एकतर्फी खेलमा रियालका लागि मार्को एसेन्सियो र इस्कोले २-२ गोल गरे । यसैगरी, हाभियर सान्चेज र भिनिसियस जुनियरले १-१ गोल थपे ।

कोपा डेल रे फुटबल प्रतियोगिताका अन्य खेलमा विजयी हुँदै स्पोर्टिङ गियोन, लेभान्ते, एथ्लेटिक बिल्बाओ र रियाल बेटिस पनि प्रि क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE