बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

‘लिटिल मेसी’ को परिवारले देश छाड्यो

२१ मंसिर, काठमाडौं । तालिवानी विद्रोहीको चेतावनीपछि अफगानिस्तानमा ‘लिटिल मेसी’को नामले परिचित मुर्जता अहमेदीको परिवारले देश छाडेको छ । तालिवानले अफगानिस्तानको राजधानी काबुलको एक सानो ठाउँमा बसिरहेका लिटिल मेसी भनेर चर्चा कमाएका मुर्तजा अहमेदीको परिवारलाई मार्ने धम्की दिएपछि देश छोडेका हुन् ।

सन् २०१६ मा मेसीको नाम र नं.लेखेर प्लास्टिकको जर्सी लगाएको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि उनी निकै चर्चामा आएका थिए । ७ वर्ष पुगेका मुर्तजाको परिवारले तालिवानको धम्कीका कारण आफूहरु गाउँमा पनि सुरक्षित नभएको बताएका छन् ।

उनीहरु त्यो ठाँउमा प्रतिबन्धित हुन सक्ने अवस्था आएको बताइएको छ । सन् २०१६ मा उनीहरु पाकिस्तानमा केही समयका लागि शरणार्थीका रुपमा बसेका थिए, तर आर्थिक अभाव भएपछि उनीहरु स्वदेश फर्किएका थिए ।

आफ्नो ड्रिम हिरोको नामको प्लास्टिकको जर्सि लगाएर चर्चा कमाएका मुर्तजा ५ वर्षको हुँदा अन्तर्राष्ट्रिय स्तरमा नै भाइरल भएका थिए । जसका कारणपछि उनले मेसीलाई पनि भेट्ने मौका पाए ।

सोसल मिडियामा निकै चर्चा भएपछि उनलाई मेसीले आफ्नो नामको र साइन गरेको टिसर्ट पठाएका थिए । त्यसपछि कतारको दोहामा मैत्रीपूर्ण खेलका लागि गएका बेला सन् २०१६ मा मेसीले उनलाई भेट्न बोलाएका थिए । मेसीको हात समातेर उनी मैदानमासमेत हिँडेका थिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE