बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

निर्मला काण्ड : रावलको बयानपछि थप २ जना चौधरी पक्राउ

२१ मंसिर, काठमाडौं । निर्मला पन्तको हत्या प्रकरण छानबिनका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नियन्त्रणमा लिएका प्रदीप रावलको बयानका आधारमा कञ्चनपुबाट २ जनालाई पक्राउ गरी काठमाडौं ल्याइएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ का १७ वर्षिय दिनेश चौधरी र विश्वास चौधरीलाई पक्राउ गरी काठमाडौं ल्याइएको हो । प्रहरीले उनीहरुका अभिभावकलाई पनिसँगै ल्याएको छ ।

-रावललाई ४ दिनअघि नियन्त्रणमा लिइएको हो । मंगलबार उनको डिएनए परीक्षण गर्न दिइएको छ । उनको डिएनए परीक्षण रिपोर्ट आएको छैन ।

उनलाई पक्राउ गरेपछि सिआइबीमा प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनाल आफैं बयान लिन पुगेका थिए । आइजिपीपछि सिआइबी प्रमुख डिआइजी निरज शाही, डिएसपी कविता कट्वाल र अनुपमशमशेर जबराले रावलको बयान लिएका थिए।

बिहीबार दिउँसो सिआइबी प्रमुख शाही आफैंले बयान लिएका थिए । उनीसँग थप बयान लिन थालिएको सिआइबी स्रोतले जनाएको छ । उनी शंकास्पद देखिएपछि गृह मन्त्रालयले छानबिनका लागि बनाउने भनेको विशेषज्ञ टोली तत्काल नबनाउने भएको छ ।

लागूऔषध दुव्र्यसनी भएकाले उनलाई चुरोट तान्न दिएर बयान लिने गरिएको छ । स्रोतका अनुसार चुरोट नतानेसम्म उनी बोल्न सक्दैनन् ।

सिआइबीको चमेनागृह पछाडि लगेर उनलाई चुरोट तान्न दिइन्छ । उनको मानसिक अवस्था जाँच्न उनलाई नेपाली अक्षर क देखि ज्ञ सम्म पढ्न र लेख्न लगाइएको छ । त्यस्तै घर र घरवेटी पनि लेख्न लगाइएको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE