बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

सामाजिक सुरक्षा कोषको लागि सूचीकरण प्रक्रियामा १ सय ९६ रोजगारदाता सामेल

२१ मंसिर, काठमाडौं । सरकारले लागु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा योगदान गन १ सय ९६ उद्योग र प्रतिष्ठान सूचीकरण प्रक्रियामा सामेल भएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले योगदानमा आधारित कार्यक्रम ल्याएपछि सामाजिक सुरक्षा कोषले सूचीकरण हुन रोजगारदातालाई मंसिर ६ गते देखि खुल्ला गरेको थियो ।

कोषका कार्यकारी अधिकृत श्यामराज अधिकारीले सूचीकरण कार्यलाई सहज र सरल बनाउन अनलाईन पद्धति अपनाइएकोले रोजगारदातालाई सूचीकरण प्रक्रियामा आउन सहज भएको बताए । ‘रोजगारदाता आफू दर्ता भएको ३ महिनाभित्र आफ्नो प्रतिष्ठान वा संस्थामा कार्यरत श्रमिक तथा कर्मचारीको सूचीकरण गर्नुपर्ने व्यवस्था छ,’ उनले भने ।

कोषले नेपालको औद्योगिक वातावरण अझ राम्रो बनाउन रोजगारदातालाई आफ्नो तथा श्रमिक एवं कर्मचारीलाई सूचीकरण गरी योगदानमा आधारित सामाजिक योजनालाई सफल बनाउन आब्हान गरेको हो । सामाजिक सुरक्षा कोषमा योगदान गर्ने श्रमिकले पेन्सनसहित स्वास्थ्य उपचार, दुर्घटना र आश्रित परिवारलाईसमेत पेन्सन दिने गरी सामाजिक सुरक्षा कार्यक्रम सुरुवात भएको छ ।

कोषमा रोजगारदाताको २० र श्रमिको ११ प्रतिशत गरी ३१ प्रतिशत योगदान हुन्छ । रोजगारदाता सूचीकरणलाई व्यवस्थित गर्न ३५ जना कर्मचारी परिचालन गरेको छ । सूचीकरणका लागि रोजगारदाता कार्यालय धाउनु पर्दैन । अनलाइनबाट नै आवेदन दिन सकिने भएको छ ।

कोषले उपत्यका बाहिर मंसिर १५, प्रदेश नं.१, २, ५, ६ र ७ का लागि क्रमशः मंसिर १५, पुष १, पुष १५, माघ १ र माघ १५ गतेबाट सूचीकरण सुरु गर्ने समयतालिका सार्वजनिक गरेको छ ।

कोषमा श्रमिकको रकम जम्मा नगर्ने रोजगारदाताको बैक तथा वित्तिय संस्थामा रहेको खाता, चलअचल सम्पत्ति, छुट सहुलियत रोक्का राख्ने, अनुमति पत्र वा इजाजत पत्र निलम्वन गर्ने देखि राहदानीसमेत रोक्का राख्ने कानुनी प्रावधान छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE