बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

स्याटलाइट तस्बिर किन्न नपर्ने, चीनले सित्तैमा दिने

२१ मंसिर, काठमाडौं । चीनले नेपाललाई निः शुल्क स्याटलाइट तस्बिर उपलब्ध गराउने भएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले नेपाललाई आवश्यक पर्ने त्यस्ता तस्विर सित्तैमा उपलब्ध हुने गरी चीन सरकारसँग सम्झौता भएको जानकारी दिएकी हुन् ।

उनले भनिन्, ‘विगतमा भूउपग्रहबाट खिचिएका तस्विर किनेर प्रयोग गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ, उत्तरी छिमेकी चीनसँग ५ वर्षका लागि सम्झौता गरेका छौं ।’

उनका अनुसार चीनमा आयोजित राष्ट्र संघीय विश्व भौगोलिक सूचना व्यवस्थापन सम्मेलनका क्रममा नेपाल र चीनबीच स्याट लाइट तस्बिर निः शुल्क उपलब्ध गराउनेबारे सम्झौता भएको हो ।

सम्झौतापत्रमा नेपालका तर्फबाट सहसचिव जनकराज जोशीले हस्ताक्षर गरेका थिए । ‘उक्त सम्झौताका कारण अब स्याटलाइट इमेज किन्नुपर्ने अवस्थाको अन्त्य भएको छ । तस्विरका लागि अब पैसा तिर्नुपर्दैन’ उनले भनिन्, ‘नापी विभागमार्फत सबै निकायले तस्विर पाउँछन् ।’

सम्झौताअनुसार स्याटलाइटबाट खिचिएको नेपालको सम्पूर्ण भूभागको तस्बिर चीनले आगामी ५ वर्षसम्म निः शुल्क रुपमा उपलब्ध गराउने भएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE