बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

कुटपिट गरी १२ लाख लुट्ने १ जना पक्राउ

२२ मंसिर, दाङ । व्यापारीलाई कुटपिट गरेर १२ लाख नगद लुटेका एक व्यक्ति पक्राउ गरेको छ ।

घोराही उपमहानगपरपालिका-५ का ५६ वर्षिय मानसिंह ओलीको रकम लुटपाट गरेको आरोपमा दाङकै राजपुर गाउँपालि-५ सालभौरीका ३५ वर्षिय डिल्लीबहादुर रोकाया पक्राउ परेका हुन् ।

गत मंसिर १९ गते बेलुकाको समयमा उनीसहित ४-५ जना व्यक्तिले आक्रमण गरी ओलीको साथबाट उक्त रकम लुटेको प्रहरीले जनाएको छ ।

उनको साथबाट नगद १० लाख ५० हजार रकमसमेत बरामद भएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE