बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

रवि वडको धनगढीमा भब्य स्वागत

२२ मंसिर,धनगढी । सिंगिङ रियालिटी सो ‘नेपाल आइडल’ को सिजन २ मा सुदुरपश्चिमका एक्ला प्रतिस्पर्धि रवि ओड टप ४ मा पुगेपछि उनी शनिबार आफ्नो गृह प्रदेश आएका छन् । उनलाई समर्थक र आफन्तहरुले गेटा बिमानस्थलमा भब्य स्वागत गरेका छन् । धनगढीमा उनलाई बजार परिक्रमा गरिएको छ ।

त्यस्तै अत्तरियामा पनि स्थानियले उनलाई भब्य स्वागत गरिएको छ। उनले आज लम्कीमा जारी महोत्सबमा आफ्नो संगितिक प्रस्तुती देखाउने भएका छन् । उनले आफु यँहा सम्म पुग्नुमा यस क्षेत्रका आम शुभचिन्तकको माया रहेको बताए । उनले भाबुक हुँदै भने, ‘शुक्रबार भोटिङमा भएको गडबढी प्राबिधिक कमजोरी मात्रै हो, मेरो कोडमा पठाएको भोट मलाईनै आउंछ ।’ उनले अझै धेरै भोट गरिदिन समेत यस क्षेत्रका आम नागरिकलाई अपिल गरेका छन् । जजहरूको मुल्याङ्कन र स्रोताहरूले पठाएको भोटको आधारमा यो साता उनि सेभ रहदै टप ४ मा पुग्न सफल भएका हुन् ।

गोदावरीन्युजबाट साभार गरिएको भिडियो हेर्न तल हेर्नुहोस 

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

WRITE COMMENTS FOR THIS ARTICLE