बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

समाज रुपान्तरणका लागि सबै एकजुट हुन आवश्यक : जोशी

टंक कुवर २३ मंसिर,धनगढी । धनगढी उपमहानगरपालिका १३ का वडा अध्यक्ष विजयराज जोशीले समाज रुपान्तरणका लागि सबैले एकजुट भएर लाग्नु पर्ने बताएका छन् । शनिबार धनगढी उपमहानगरपालिका १३ स्थित कैलाली सामुदायिक वन उपभोक्ता समूहको १२ औँ साधारण सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

वडामा हुने गरेका विभिन्न विकास निर्माणका कार्यहरुमा वडाबासीहरुले बिरोध नभई हातेमालो गरेर अघि बढे मात्र वडा र समाजको विकास हुने बताउँदै अध्यक्ष जोशीले सकारात्मक सोच राखी वडाबासीले आपसी सहयोगी भावनाका साथ अग्रसर हुने पर्ने बताए ।

धनगढी उपमहानगरपालिका १३ मा रहेको कैलाली सामुदायिक वनको विकासका लागि नयाँ योजना ल्याएर वनलाई रोजगारीसँग जोड्न सकिने जोशीले बताए । उनले वन संरक्षण कार्य समितिले मात्रै गरेर नहुने भएको बताउँदै वन संरक्षणका लागि उपभोक्ता पनि जागरुक हुनुपर्ने बताए ।

त्यसै गरी नेपाली काँग्रेसका क्षेत्रिय सभापति हरिश खड्काले सामुदायिक वनलाई सामाजिक, आर्थिक, पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लाग्नुपर्ने बेला आएको बताए । सामुदायिक वनलाई हराभरा बनाई यस क्षेत्रमा पिकनिक स्थल बनाउन सके वनको आयस्रोत बढ्ने उनले बताए ।

कैलाली सामुदायिक वनका अध्यक्ष कमल बोहराको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी प्रेम ठकुल्ला, तारानाथ ओझा, खडक रानाले मन्तव्य व्यक्त गरेका थिए । साधारणसभामा वनका कोषाध्यक्ष भोजराज शर्माले आय–व्यय प्रस्तुत गरेका थिए । उनले सामुदायिक वनको ७ लाख ५९ हजार बार्षिक प्रस्तावित कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रम संचालन विनोद पन्तले गरेका थिए ।
साथै साधारण सभामा वडाध्यक्ष विजयराज जोशी लगायत १२ जनालाई सम्मान गरेको थियो ।

  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

WRITE COMMENTS FOR THIS ARTICLE