बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

हर्न निषेधित क्षेत्रमा हर्न बजाउने २ सय चालक कारवाहीमा

२५ मंसिर, दाङ । तुलसीपुर उमहानगरपालिकाको हर्न निषेधित क्षेत्रमा हर्न बजाउने २ सय भन्दा बढी चालकहरू कारवाहीमा परेका छन् ।

गत साता उपमहानगरपालिका-५ तुलसीपुर बजारलाई हर्न निषेध क्षेत्र घोषणा गरिएको थियो । ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव निरीक्षक चन्द्र बहादुर केसीले पालना नगर्ने २०४ चालकलाई कारवाही गरिएको जानकारी दिए ।

उनका अनुसार सबैभन्दा बढी मोटरसाइकलका चालकका साथै बस, जीप, कार, ट्याक्टर, ट्रक, अटोरिक्साका चालकलाई कारवाही गरिएको छ । सबै चालकलाई प्रहरीले सडकमा नै कारवाही गरेको हो ।

ती मध्ये एक सय चालकलाई स्थलमा नै कारवाही गर्दा जरिवानाबाट ५२ हजार राजश्व संकलन भएको छ । १ सय ४ जना चालकले आफुसँग पैसा नभएको भन्दै जरिवाना तिर्न आल आलटाल गर्ने बाँकी १०४ चालकको सवारी चालक अनुमतिपत्र तथा सवारी दर्ता प्रमाणपत्र नियन्त्रणमा लिइएको टा«फिक प्रहरीले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE