बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

मुख्यमन्त्री आदित्यनाथ जनकपुरमा, पर्यटनमन्त्रीले स्वागत गर्ने

२६ मंसिर, काठमाडौं । भारत, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर विमानस्थाल आइपुगेका छन् ।

उनको स्वागतमा प्रदेश नं.२ को सबै मन्त्री जनकपुर विमानस्थलमा उपस्थित भएका छन् भने संघीय सरकारका तर्फबाट पर्यटनमन्त्री रविन्द्र अधिकारीले स्वागत गर्ने छन् ।

मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा सबै मन्त्री विमानस्थलमा उपस्थित भएका हुन् । आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले मुख्यमन्त्री राउतको नेतृत्वमा मन्त्रिपरिषदका सबै मन्त्री र प्रदेशसभाका सभामुख र उपसभामुखले उनलाई जनकपुर विमानस्थलमा स्वागत गर्ने कार्यक्रम तय भएको जानकारी दिए ।

उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको स्वागतका लागि संघीय सरकारले पर्यटनमन्त्री अधिकारीलाई खटाएको छ । उनी मंगलबार अपरान्ह नै जनकपुर पुगेका हुन् । भिटी यूपीरे कलसाइनको निजी विमानबाट आदित्यनाथ बुधबार बिहान १० बजेर ३० मिनेटमा जनकपुर विमानस्थलमा अवतरण गर्ने छन् ।

जहाजको मंगलबार बिहान टेस्ट फ्लाइट गरिएको छ । भारतको लखनउबाट उडेको जहाज बिहान जनकपुर विमानस्थलमा अवतरण गरेको हो । केहीबेरपछि फेरि उडेर लखनउ फर्किएको नागरिक उडड्यन कार्यलय, जनकपुरका प्रमुख सन्तोष ढकालले जानकारी दिए ।

आन्तरिक मामिला मन्त्री यादवका अनुसार एयरपोर्टबाट आदित्यनाथ सोझै जानकी मन्दिर पुग्ने छन् । करिव १ घण्टा बढी उनी जानकी मन्दिरमा विशेष पूजाअर्चना गर्ने छन् । त्यहाँबाट उनी प्रदेश सरकारको सचिवालय रहेको मधेस भवन पुग्न छन् ।‘मुख्यमन्त्री निवासको माथिल्लो तल्लामा आदित्यनाथजी केहीबेर विश्राम गर्ने छन् ।’

मन्त्री यादवले भने, ‘त्यसपछि उहाँको सम्मानमा आयोजना गरिएको भण्डारा (दिवाभोज) मा सरिक हुनेछन् ।’ उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथलाई मैथिली परम्पराअनुसार स्वागत गरिनेछ ।  दिवाभोजपछि प्रदेश सरकारका तर्फबाट आदित्यनाथ र साधुसन्तलाई बस्त्र प्रदान गरिनेछ ।

हजारौं धर्मावलम्बीको भीड हुने विवाह महोत्सवमा उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ जन्ती बनेर आउने भएपछि जनकपुरको सुरक्षा बन्दोबस्त कडा पारिएको छ ।

हजारौं मानिस उपस्थित रहने राम-जानकी विवाह महोत्सवमा भीडलाई नै प्रमुख थ्रेट (चुनौती) मान्दै सुरक्षा योजना तयार पारिएको छ । आदित्यनाथको भ्रमणले सुरक्षा निकाय झन् चनाखो बनेको छ । विवाहपञ्चमीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका करिव ४ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

आन्तरिक मामिला मन्त्री यादवले सुरक्षा चुनौती बढेपछि सुरक्षाकर्मीको संख्या थपिएको बताए । उनले ४ हजारभन्दा बढी सुरक्षाकर्मी मंगलबार नै परिचालन भइसकेको बताए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE