बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

ब्याजदर सुधार गर्न गभर्नरसँग महासंघको माग

२६ मंसिर, काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघले बैंक तथा वित्तीय संस्थाले एकाएक ऋणको ब्याजदर बढाएकोमा गम्भीर चिन्ता प्रकट गरेको छ ।

२ वर्षदेखि बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा तिर्न सक्ने क्षमता विश्लेषण नगरी एकाएक कर्जाको ब्याज बढाएकोमा चिन्ता प्रकट गरिएको छ । ऋणको ब्याज अचानक वृद्धिले उद्योग व्यवसाय क्षेत्रमा कठिनाई उत्पन्न भएको जानकारी पनि महासंघले दिएको छ ।

महासंघले ब्याज दर वृद्धिले निर्माणधीन परियोजनाको लागत वृद्धि गरेको र नयाँ परियोजना ल्याउन नसकेको अवस्था सिर्जना भएको बताएको छ । ‘नेपाली उद्योगको प्रतिस्पर्धी क्षमता विगतको भन्दा ह्रास भएको अवस्थामा बैंकको ब्याजदरमा भएको वृद्धिले उद्योग क्षेत्रको लगानी झनै प्रभावित हुने छ,’ महासंघको भनाई छ ।

महासंघले अहिलेको अवस्थालाई सुधार गर्न ब्याजदर घटाइनुपर्ने, सरकारको पुँजीगत खर्च वृद्धि हुनुपर्ने, संस्थागत निक्षेपकोे सीमा ४५ बाट २५ प्रतिशतमा झारिनुपर्ने, ब्याजदर अन्तर ३ प्रतिशत गरिनुपर्ने, बैंकिङ प्रणालीबाट रेमिटेन्स ल्याउन प्रोत्साहन गर्नुपर्ने र अनौपचारिक अर्थतन्त्रको रकम औपचारिक प्रणालीमा ल्याउन बैंकमा जम्मा गर्ने प्रक्रिया सहज हुनुपर्ने माग नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवि नेपालसँग माग गरेको छ ।

त्यस्तै महासंघले उद्योग व्यवसायका अन्य क्षेत्रमा सुधार ल्याउन १८ वटा विभिन्न बुँदामा सुधार गर्न पनि माग गरेको छ । गभर्नर नेपालले यतिखेर निक्षेपभन्दा ऋणको माग बढी भएकाले मुलुकभित्र आर्थिक गतिविधि बढ्दै गएको संकेत दिएको बताए । राष्ट्र बैंक अहिलेको ब्याजदर वृद्धि र तरलता समस्या समाधानमा क्रियाशील रहेको भन्दै गभर्नर नेपालले ब्याजदर नबढ्ने विश्वास दिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE