बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

बसको ठक्करबाट युवकको मृत्यु

२६ मंसिर, काठमाडौं । बाँसघारीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ ।

अरनिको राजमार्गअन्तर्गत बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको ना ४ ख ९२२१ नं.को बसले सोही दिशाबाट जाँदै गरेको बा ८३ प ३३५४ नं.को मोटरसाइकललाई ठक्कर दिँदा धुलिखेल नपा-३ कुत्तालका २० वर्षिय सन्त तामाङ गम्भीर घाइते भएको र उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीको भनाई छ ।

प्रहरीले बस चालक र मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई दुर्घटनाबारे अनुसन्धान गरिरहेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE