बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

टर्कीमा रेल आपसमा ठोक्किँदा ४ जनाको मृत्यु

२७ मंसिर, काठमाडौं । टर्कीमा रेल दुर्घटना हुँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ भने ४० जना घाईते भएका छन् ।

राजधानी अंकाराको रेलवे स्टेशनबाट कोन्यो शहरका लागि छुटेका रेल विपरित दिशाबाट आईरहेको रेलसँग ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनाका कारण रेलका अधिकांश डिब्बा क्षतिग्रस्त भएको छ ।

घाइतेहरुको अवस्था गम्भीर रहेको बताइएको छ । तीब्र गतिका कारण रेल दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE