बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

ब्याट्री पड्किएर घर जल्दा ३ जना बालबालिकाको मृत्यु

२८ मंसिर, दाङ । बंगलाचुली गाउँपालिका-८ गुराँशेमा बिहीबार राति आगलागी हुँदा ३ बालबालिकाको मृत्यु भएको छ ।

नवराज पुनको घरमा आगलागी हुँदा उनका ७ वर्षिय छोरा कृष्णबहादुर पुन, ५ वर्षीया छोरी अस्मिता पुन र २ वर्ष ६ महिनाकी छोरी अन्जु पुनको मृत्यु भएको छ ।

१ वर्ष ४ महिनाको छोरा बिरामी भएका कारण ३ छोराछोरीलाई घरमै सुताएर श्रीमती जीवना पुन र नवराज झारफुक गराउन गाउँमा गएको बेला सोलारको ब्याट्री पड्किएर आगलागी भएको जिल्ला प्रहरी कार्यलय दाङले जनाएको छ ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिका ५ बिरेन्द्रचौकस्थित अन्पूर्ण ट्रेडर्समा शुक्रबार विहान आगलागी भएको छ । बिहान ६ बजेदेखि लागेको आगो ३ घण्टापछि नियन्त्रणमा आएको थियो ।

भीमप्रसाद घिमिरेले आफ्नै घरमा सञ्चालन गरेको जुताको होलसेल पसलमा बिहान एक्कासी आगोको मुस्लो निस्किएको थियो । मानिसहरु बाहिर निस्कन सफल भएकाले मानवीय क्षति नभएको र अन्य क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीको भनाई छ ।

विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । आगोबाट करोडौंको क्षति भएको पसल सञ्चालक घिमिरेले बताएका छन् । आगो प्रहरी, सशस्त्र प्रहरी, सेना र स्थानीयवासीले नियन्त्रणमा लिएका थिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE