बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

७ वटै प्रदेश कार्यकारिणी समितिका लागि इञ्जिनीयर्स एशोसिएशनको निर्वाचन शुरु

२८ मंसिर, काठमाडौं । नेपाल इञ्जिनियर्स एशोसिएशनको ३२ औँ कार्यकारिणी समिति र प्रादेशिक संरचनाका ७ वटा प्रदेश कार्यकारिणी समितिका लागि निर्वाचन शुरु भएको छ ।

केन्द्रीय कार्यकारिणी समितिका १८ र प्रत्येक प्रदेश कार्यकारिणी समितिका १६-१६ पदका लागि चुनाव हुन लागेको हो ।
एशोसिएशनको कार्यकारिणी समितिको पदावधि २ वर्षको हुने प्रावधान छ । निर्वाचनमा मुख्य प्रतिस्पर्धा लोकतान्त्रिक समूह र प्रगतिशील समूहका उम्मेदवारबीच हुँदैछ ।

लोकतान्त्रिक समूहबाट केन्द्रीय कार्यकारिणी समितिमा इञ्जिनीयर प्रा.हीरेन्द्रमान शाक्य अध्यक्ष पदका उम्मेदवार हुन् । सो समूहबाट उपाध्यक्षमा डा.चन्द्रिकाप्रसाद भट्ट, महासचिवमा अभिमन्युलाल सिंह, उपमहासचिवमा अशोककुमार शाह, कोषाध्यक्षमा अपिल केसी र सहकोषाध्यक्षमा जानुका थापा चुनावी मैदानमा छन् ।

प्रगतिशील समूहबाट अध्यक्षमा प्रा.डा.त्रिरत्न बज्राचार्य, उपाध्यक्षमा आषिश घिमिरे, महासचिवमा छविलाल पोखरेल, उपमहासचिवमा कपिल आचार्य, कोषाध्यक्षमा रामइकवाल यादव, सहकोषाध्यक्षमा चाँदमाला श्रेष्ठ उम्मेदवार रहेका छन् । दुवै समूहले व्यावसायिक हकहितका बारेमा घोषणापत्र पनि जारी गरेका छन् ।

घोषणापत्रमा गुणस्तरीय इञ्जिनियरिङ शिक्षा, इञ्जिनीयरको सेवासुविधा तथा क्षमताको अभिवृद्धि, सम्मानजनक रोजगारी, इञ्जिनीयरिङ सम्बद्ध निजी क्षेत्रको विकास र हकहितसहित विविध विषयहरु उठाइएका छन् ।

दुवै समूहले प्रदेशस्तरमा पनि समूहगत नै उम्मेदवार उठाएका हुन् । बिहान ८ बजे शुरु भएको मदतान साँझा ५ बजेसम्म निर्धारण गरिएको निर्वाचन समितिले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE