बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्युु

२९ मंसिर, दोलखा । बैतेश्वर गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा शुक्रबार साँझ एक युवकको मृत्यु भएको छ ।

दुर्घटनामा परी बैतेश्वर गाउँपालिका-४ ओखरबोटेका १९ वर्षिय जयबहादुर खत्रीको मृत्यु भएको हो । च्यानेबाट जिरीतर्फ जाँदै गरेको बा २४ प ८१२८ नं.को मोटरसाइकल गोलाई मोड्ने क्रममा दुर्घटना भएको दोलखाका प्रहरीले जनाएको छ ।

उनका अनुसार मोटरसाइकल सिक्दै गरेका खत्रीले खरिखोलाको गोलाई मोड्न नसक्दा मोटरसाइकल रुखमा ठोक्किएर सडकबाट करीब ३२ फिट तल खासेको थियो । मृतक खत्रीको शव परीक्षणका लागि जिरी अस्पतालमा राखिएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE