बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

आगलागीबाट ६ घर नष्ट, १० लाख बराबरको क्षति

१ पुस, काठमाडौं । गाईगोठबाट सल्केको आगो फैलिएर सप्तरीको बोदे बर्साइन नगरपालिका-७ बगबिरा टोलमा गए राति भएको आगलागीमा ६ वटा घर जलेर खरानी भएको छ ।

आगलागीबाट करीब १० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । स्थानीयवासी गेनी दासको गाईगोठमा लामखुट्टे धपाउन बालिएको घुरबाट राति १२ बजेतिर अचानक सल्किएको आगो तत्काल नियन्त्रणको उपाय हुन नसक्दा फैलिएर २ घरका साथै छिमेकी कारी दासको २ घर, देवेन्द्र दासको १ घर र जोगेन्द्र दासको घुम्टी किराना पसल जलेर नष्ट भएको प्रहरीको भनाई छ ।

आगो निभाउने क्रममा गेनी दासकी ४१ वर्षिय श्रीमति देवकुमारी दास घाइते भएको उनको लहानस्थित सप्तऋषि नरसिंह होममा उपचार भइरहेको छ ।

आगलागीमा परी गेनी दासको गाई, भैँसी, ८ वटा बाख्रा पशुचौपाया जलेरका छन् भने घरमा रहेका अन्नपात, लत्ताकपडा, फर्निचरलगायत सम्पूर्ण समान जलेर नष्ट भएको पीडितलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

घटनाको खबर पाएपछि पुगेको प्रहरी र स्थानीयवासीको मद्दतले एक घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो ।
त्यस्तै प्रहरीको टोलीले सदरमुकाम सिरहाबाट गए राति करीब २ लाखभन्दा बढी मूल्य बराबरको अवैध सामान बरामद गरेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE