बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

ठूलो आमा बुवाले चाउमीनमा विष मिसाएर दिँदा २ बालकको मृत्यु

१ पुस, कञ्चनपुर । कृष्णपुर नगरपालिका-३ आमघाटका एकै घरका २ बालकको चाउमिन खाँदा मृत्यु भएको छ ।

मृत्यु हुनेमा १२ वर्षिय धनबहादुर सुनार र ८ वर्षिय टेक सुनार रहेका छन् । दुवै जना सदोहर दाजुभाइ हुन् । बेलौरीमा रहेको मामाघरमा विवाहमा सहभागी हुन आमा विमला देवी सुनारसँगै जाने क्रममा घरबाटै जेठी आमा सीतादेवी सुनारले पकाएर दिएको चाउमिन बाटोमा खाँदा दुवै जनाले बान्ता गर्न थालेपछि बेलौरीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि भर्ना गरिएको परिवारलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।

प्रहरीका अनुसार बेलौरीमा उपचार हुन नसकेपछि थप उपचारका लागि कैलालीको सेती अञ्चल अस्पताल पुर्याए पनि दुवै जनाको अवस्था नाजुक भएपछि बाँकेको कोहलपुर मेडिकल कलेजमा लैजाने क्रममा बाटोमै दुवै जनाको मृत्यु भएको हो ।

ती दुवै बालकका बुबाको यसअघि नै मृत्यु भइसकेको छ । जेठो बुबा र आमाको आश्रयमा दुवै बालक बस्दै आएका थिए । मृत्यु भएका बालककी आमा भने जिबित छिन् ।

दुवै बालकको मृत्यु भएपछि स्थानीय बासिन्दाले चाउमिनमा विषादी मिसाएर जेठो बुबा र आमाले मृत्यु गराएको आरोप लगाएपछि प्रहरीले जेठो बुबा लक्षी सुनार र जेठी आमा सीता सुनारलाई पक्राउ गरेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE