बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

सार्वजनिक यातायातमा पाकेट मार्ने ७ जना पक्राउ

२ पुस, काठमाडौं । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले सार्वजनिक यातायातमा यात्रुहरुको पाकेटमारी गरेर नगद तथा गरगहना लुट्ने ७ जनालाई पक्राउ गरेको छ ।

वृत्तबाट सादा पोशाकमा खटिएको टोलीले चक्रपथस्थित बसुन्धरा खण्डमा विगत ५महीनादेखि पाकेटमार तथा लुटपाट गर्ने काभ्रेका विकास श्रेष्ठ, साइला तामाङ, विवेक तामाङ, धादिङका कुमार मिजार, मकवानपुरका अञ्जन पाख्रिन, सिन्धुपाल्चोकका पूर्णबहादुर विक र सिन्धुपाल्चोककै सुकमान गदललाई पक्राउ गरेको हो ।

प्रहरीले विगत ५ महिनादेखि सार्वजनिक सवारीसाधनमा चढेर पाकेटमार तथा गरगहना लुट्ने कार्यमा संलग्न रहेकाले उनीहरुलाई आइतबार पक्राउ गरिएको जानकारी दिएको छ ।

पक्राउ परेका साटै जनासँग ७० हजार ५०० नेपाली र भारु ५ हजार ५००, विभिन्न देशका नोट ३० थान, विभिन्न कम्पनीका मोबाइल ७ थान र गाँजा २०० ग्राम बरामद गरेको छ ।  उनीहरुको आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE