बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

नेकपा स्थायी समिति बैठकमा प्रतिवेदनमाथि छलफल हुँदै

२ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक पार्टी कार्यालय धुम्बाराहीमा शुरु भएको छ ।

बैठकमा अध्यक्ष द्वयले पेश गरेको राजनीतिक प्रतिवेदनमा छलफल भइरहेको छ । बैठक ११ बजेदेखि शुरु भएको हो ।
संयुक्तरुपमा पेश भएको प्रतिवेदनमा पार्टी सञ्चालन, सरकारको समीक्षा र आगामी कार्यभार समेटिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

शनिबारको बैठकमा वामदेव गौतमले भने फरक प्रस्ताव पेश गरेका थिए । उनको प्रस्तावमासमेत सोमबारकै बैठकमा छलफल हुने बताइएको छ ।

बैठकमा पेश गरिएका प्रस्तावलाई स्थायी समिति सदस्यहरु माझ अध्ययनको लागि समय दिइसकेपछि पुनः सोमबार बैठक बसेको हो । स्थायी कमिटी बैठकले एकता प्रक्रियामा बाँकी रहेका काम कारवाहीलाई टुँगोमा पुर्याउने विश्वास लिइएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE