बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

चितवनमा ५ महिनामा ७४ जना यात्रुको मृत्यु, ३१७ जना घाइते

३ पुस, काठमाडौं । सवारी साधनको चाप बढेसँगै चितवनमा दुर्घटना पनि बढेको छ । जिल्ला ट्राफिक कार्यालय चितवनको तथ्यांकअनुसार चालू आर्थिक वर्षको मंसिरसम्ममा १३५ सवारी साधन दुर्घटना हुँदा ७४ जनाले ज्यान गुमाएका छन् भने ३१७ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार बस दुर्घटनामा १७, ट्रक र ट्याक्टर दुर्घटनामा ४, जिप दुर्घटनामा ३, मोटरसाइकल दुर्घटनामा २८, विभिन्न सवारी साधनको ठक्करबाट ५ साइकलयात्री तथा १७ पैदलयात्रीको मृत्यु भएको छ ।

आर्थिक वर्ष २०७४-७५ मा सोही अवधिमा ९६ सवारी साधन दुर्घटना हुँदा ५५ जनाको मृत्यु भएको थियो भने २०५ जना घाइते भएका थिए ।

प्रहरीले मोटरसाइकलको ठक्करबाट बढी संख्यामा मृत्यु हुने गरेको बताएको छ । सडकमा सवारी साधनको चाप बढेसँगै दुर्घटनाको संख्या पनि बढ्दै गएको छ । तीव्र गतिका कारण बढी दुर्घटना हुने गरेको छ ।  जिल्लामा मासिक १ हजार मोटरसाइकल तथा १०० साना गाडी बिक्री हुने गरेको तथ्याङ्क रहेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE