बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

२ वर्षदेखि अवैधरुपमा अटो रिक्सामाबाट रकम असुल्ने ६ जना पक्राउ

३ पुस, बर्दिया । अटो रिक्सामा सिन्डिकेट लगाउन खोज्ने व्यक्ति पक्राउ परेका छन् । रिक्सा चालक र साहुसँग अवैध रुपमा रकम असुल्दै आएकोे ६ जनालाई बर्दियाबाट पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय मैनापोखरले अटो रिक्सा चालक र साहुसँग रकम असुली गरेको किटानी जाहेरीमा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बढैयाताल गाउँपालिका, ३ सिमरा बस्ने ४० वर्षिय कुमार बराल, ४८ वर्षिय रामबहादुर क्षेत्री, ३१ वर्षिय विजय मगर, ३७ वर्षिय सोमबहादुर पाण्डे ३४ वर्षिय अम्मर बहादुर थापा र सोही गाउँपालिका वडा नं.२ बस्ने ५२ वर्षिय रिमबहादुर महतारा रहेका छन् ।

उनीहरुले बर्दियाको भोलागौडीदेखि सितापुरसम्म रिक्सा चलाएबापत सुरुमा ५ हजारदेखि १० हजार लिने गरेका थिए । उनीहरुले दैनिक ३० रुपैयाँ र मासिक सय रुपैँयासमेत उठाउने गरेका थिए ।

विगत २ वर्षदेखि अवैध रकम संकलन गर्दा हैरान भएका रिक्सा चालक र साहुले सामुहिक उजुरी दिएपछि उनीहरु पक्राउ पारेका हुन् ।

प्रहरीका अनुसार अपराधिक लाभको आरोपमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रियाअगाडि बढाइएको छ । रकम असुलीको बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मैनापोखरले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE