बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

इपीएल क्वालिफायर्समा ललितपुरले काठमाडौंलाई १ विकेटले गर्यो पराजित

३ पुुस, काठमाडौं । एभरेष्ट प्रिमियर लिग अन्तर्गत क्वालिफायर्सको खेलमा ललितपुर प्याट्रियट्सले काठमाडौं किंग्स इलाभेनलाई १ विकेटले पराजित गरेको छ ।

काठमाडौंले दिएको १ सय ९ रनको लक्ष्य ललितपुरले ९ विकेटको क्षतिमा १ बल अघि पुरा गरेको हो । ललितपुरका लागि कुशल भुर्तेले सर्वाधिक २९ रन, योगन्द्रसिंह कार्कीले २८ रन, कप्तान ज्ञानेन्द्र मल्लले २१ रन र पवन सफारले १९ रनको योगदान दिए ।

काठमाडौंका लागि प्रदिप साहुले सर्वाधिक ३ विकेट लिए । रोशन मुस्तफा र केभिन ओब्रायनले समान २ विकेट लिए भने साम्सद शेखले १ विकेट लिए ।

यसअघि टस जितेर बलिङ रोजेको काठमाडौंलाई ललितपुरले १०८ रनमा रोकेको थियो । काठमाडौंलाई रोक्न पवन सफार र योगन्द्र सिंह कार्कीले समान ३ विकेट लिए । सन्नि पटेलले २ विकेट लिए भने ललितराजवंशीले १ विकेट लिए ।

सामान्य ब्याटिङ गरेको काठमाडौंका लागि रोशन मुस्तफाले ३२ रन, सागर पुनले २९ रन र सिद्धान्त लोहनीले १६ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

जितसँगै ललितपुर फाइनलमा पुगेको छ । काठमाडौं बुधबार भैरहवा ग्याडियटर्स र चितवन टाइगर्सबीच हुने एलिमिनेटर खेलको विजेतासँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नुपर्ने छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE