बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

डिपीआर नबनाई विमानस्थलको निर्माणकार्य अघि नबढाउन सरकारलाई ध्यानाकर्षण

३ पुस, काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले बिस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार नभई निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अघि नबढाउन सरकारलाईसचेत गराएका छन् ।

संघीय संसद राष्ट्रिय सरोकार तथा समन्वय समितिको आज (मंगलबार) बसेको बैठकमा बोल्दै राष्ट्रिय सभाका सांसद सुरेन्द्रराज पाण्डेले विमानस्थल निर्माण गर्नु अघि स्थानीय जनताको माग सम्बोधन गर्न पनि सरकारलाई सचेत गराए ।

स्थानीय जनताको उचित बसोबासको व्यवस्था गरे मात्रै आयोजना अघि बढाउँदा उपयुक्त हुने उनको भनाई छ । राष्ट्रियसभाकै अर्का सांसद खिमलाल भट्टराईले आयोजना निर्माण कार्यमा ढिलाई नगर्न सरकारको ध्यानाकर्षण गराए ।

स्थानीय जनताले पनि आयोजना निर्माण कार्य अघि बढाउन आग्रह गरिरहेको स्मरण गराउँदै उनले तोकिएकै मितिमा सम्पन्न हुने गरी निर्माण कार्य अघि बढाउनु पर्ने आवश्यकता औंल्याए । आगामी ४ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको राष्ट्रिय गौरवको आयोजनाको लागत १ खर्ब २० अर्ब अनुमान गरिएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE