बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

वीरगञ्जमा शीतलहरले जनजीवन प्रभावित

४ पुस, वीरगञ्ज । तराईका जिल्लाहरुमा शीतलहर सुरु भएको छ । अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएको छ । पर्साको वीरगञ्जमा तापक्रम एक्कासी झरेर ७ डिग्री सेल्सियसमा पुगेको हो ।

हुस्सु र चिसो हावाका कारण अधिकांश मानिस घर बाहिर निस्कन सकेका छैनन् । बजार क्षेत्र सुनसान जस्तै छ भने चिसो छल्न चोकचोकमा आगो बालिएको छ ।

एक्कासी बढेको चिसोका कारण श्वास प्रश्वासको समस्या भएका विरामीको संख्यासमेत बढेको अस्पतालले जनाएका छन् । चिसोका कारण बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् । चिकित्सकहरुले चिसोबाट बच्न न्यानो कपडा लगाउन र तातो झोलिलो पदार्थ खान सुझाव दिएका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE