बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

बैतडीमा तरकारी पकेट क्षेत्र स्थापना

कृष्ण बिष्ट ४ पौष,बैतडी । कृषि ज्ञान केन्द्र बैतडीले जिल्लाका ४ स्थानलाई तरकारी पकेट क्षेत्र स्थापना गर्ने भएको छ । डिलासैनी गाउँपालिकाको गोकुलेश्वर, मेलौली नगरपालिका वडा नं. २, दोगडाकेदार गाउँपालिका वडा नं. ३ र दशरथ चन्द नगरपालिकामा तरकारी पकेट क्षेत्र स्थापना गरिने भएको हो ।

तरकारी बिकास कार्यक्रम अन्र्तगत जिल्लाका चार स्थानमा तरकारी पकेट क्षेत्र घोषणा गरिएको र सो ठाँउका कृषकहरुलाई ज्ञान केन्द्र बैतडीले अनुदान समेत दिने कृषी ज्ञान केन्द्र बैतडीले जनाएको छ ।

तरकारी पकेट क्षेत्र घोषणा गरिएको स्थानका कृषकहरुले तरकारी समुह गठन गरी वडा कार्यालय मार्फत सिफारिस साथ आएमा पचास प्रतिशत अनुदान दिने ब्यवस्था रहेको पनि ज्ञान केन्द्र बैतडीका निमित्त अधिकृत कर्णबहादुर चन्दले बताए । २५ रोपनी जग्गामा ब्यवसायिक तरकारी खेती गर्ने इच्छुक किसानलाई मात्रै अनुदानमा समाबेस गराइने पनि उहाँले स्पस्ट पार्नुभयो ।

यस्तै जिल्ला कृषी ज्ञान केन्द्र बैतडीले जिल्लाका पाँच स्थानलाई आलु उत्पादन पकेट क्षेत्रको रुपमा स्थापना गर्न लागेको छ । जिल्लाको पाटन नगरपालिका स्थित खोड्पे, दशरथचन्द नगरपालिकाको देहिमाण्डौ, पुर्चाैडी नगरपालिकाको कोटीला र सिगास गाउँपालिकाका केही स्थानलाई आलु पकेट क्षेत्रको रुपमा स्थापना गरिएको ज्ञान केन्द्र बैतडीले जनाएको छ ।

आलु उत्पादनमुखी क्षेत्र भएकाले यी पाँच स्थानलाई आलु पकेट क्षेत्रको रुपमा स्थपना गरिएकोे निमित्त अधिकृत चन्दले बताए । आलु उत्पादन गर्न चाहाने कृषकहरुले अनुदानमा ज्ञान केन्द्राबाट मल तथा बिउ प्राप्त गर्ने उहाँले बताए ।

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

WRITE COMMENTS FOR THIS ARTICLE