बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

लेस्टर सिटीलाई पन्छाउँदै म्यान्चेस्टर सिटी सेमिफाइनलमा प्रवेश

४ पुस, काठमाडौं । लेस्टर सिटीलाई हराउँदै म्यान्चेस्टर सिटी लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

काराबाओ कप पनि भनिने प्रतियोगिताको क्वाटरफाइनलमा म्यान्चेस्टर सिटीले लेस्टरलाई टाईब्रेकरमा हराएको हो ।

चोटका कारण लामो समयपछि मैदानमा फर्किएका केभिन डे ब्रायनले म्यान सिटीका लागि पहिलो गोल गरे । तर लेष्टरका म्याथ्यु अलब्राईटनले एक गोल फर्काउँदै खेल बराबरी गरे ।

अतिरिक्त समयमा दुबै टोलीले गोल थप्न नसकेपछि खेल टाई ब्रकेरमा पुग्यो । टाइ ब्रेकरमा म्यान सिटी ३-१ ले विजयी भएको हो ।

लिग कपकै अर्को खेलमा मिडिल्सब्रोलाई १-० ले हराउँदै बुर्टन आल्बियोन पनि सेमिफाइनलमा पुगेको छ । प्रतियोगितामा बाँकी दुई क्वाटरफाईनल खेल आज राति हुनेछ । आर्सनल र टोटनह्याम हट्सपर भिड्दा चेल्सीले बर्नमाउथसँग खेल्नेछ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE