बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

फेवातालको जग्गामा विवादित कर्ण शाक्यविरुद्धको पेसी आज तेस्रो पटक सर्यो

५ पुस, काठमाडौं । फेवातालको जग्गामा विवादित पर्यटन व्यवसायी कर्ण शाक्यले निर्माण गरेको होटल वाटर फ्रन्टमाथी अदालतमा परेको मुद्दाको पेसी आज फेरी सरेको छ ।

यो सँगै उक्त मुदामा तेस्रो पटक पेसी सरेको हो । यस अघि दुई पटक शाक्यका कानून व्यवसायीले पेसी सारे पनि यो पटक अदालत आफैसले सारेको हो ।

कानुन व्यवसायी विरामी भएर वहस गर्न नसक्ने अवस्था आएमा दुई पटकसम्म पेसी स्थगित गर्न सक्ने व्यवस्था छ । वैशाख १६ गते न्यायाधीश ओम प्रकाश मिश्र र सपना मल्ल प्रधानको इजालसले फेवाताल संरक्षणको मुल मुद्दा नं.२०६७-ध-०६९४ मा रिट जारि गर्दै प्रस्तुत शाक्यसँगसमेतको मुद्दामा छानविन गर्न समिति बनाउन सरकारलाई आदेश दिएको थियो ।

सर्वोच्चको आदेश अनुसार वरिष्ठ नापी अधिकृत नारायण रेग्मीको संयोजकत्वमा सरकारले जाँजवुझ समिति बनाएको थियो । समितिले सर्वोच्चमा बुझाएको प्रतिवेदनमा शाक्यले फेवातालको संरक्षित जग्गा करिब ७० प्रतिशत मिचेको उल्लेख छ ।

उनले बनाएको होटल मापदण्ड विपरित भएकोसमेत प्रतिवेदनले भनेको छ । साथै होटलबाट निस्कने पानी हानिकारक भएको देखिएको छ । शाक्यको रिसोर्ट मापदण्ड विपरित भएको भन्दै स्थानीयलेसमेत भत्काउन माग गर्दै आएका छन् ।

तालको २०१८ सालको नापी अनुसार फेवाताल २० हजार १ सय २८ रोपनी क्षेत्रफलमा फैलिएको थियो । तर मानवीय र प्राकृतिक अतिक्रमणका कारण उक्त क्षेत्रफल खुम्चिएको छ ।

२०१८ सालकै नापी अनुसार तालको संरक्षित क्षेत्र ४५ वर्ग मिल अर्थात २ लाख २६ हजार ४ सय ४१ रोपनी रहेको छ । तालको पुरिएको जमिन र ताल लाभान्वित जमिनमा कुनै पनि उद्योग दर्ता नगर्नु र त्यहाँ कुनै पनि निर्माण कार्य नगर्नु र त्यहाँ कुनै पनि उद्योग सञ्चालन अनुमति नदिनु भन्ने रिटको मुख्य विषय रहेको छ ।

अधिवक्ता खगेन्द्र सुवेदीले २०६८ असार २३ मा उक्त रिट दायर गरेका थिए । उक्त मुद्दा प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश सपना प्रधान मल्लको इजलासले हेर्दै आएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE