बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

अवैध समानसहित १ जना पक्राउ

६ पुुस, काठमाडौं । विभिन्न स्थानबाट अवैधरूपले ल्याइएका करीब डेढ लाख मूल्य बराबरको समानसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय महेशबारीबाट खटिएको टोलीले भारतबाट अवैध रुपमा ल्याउँदै गरेको खानेतेल, भुजिया, सुर्ति, दूधको पाउडरलगायत करीब १ लाख मूल्य बराबरको समान बरामद गरेको हो ।

त्यस्तै अस्थाथी प्रहरी पोष्ट कशहाबाट खटिएको टोलीले रजनी गन्धा, राजनिवासलगायत क्षेत्रबाट अवैध रूपमा ल्याउँदै गरेको करीब ५० हजार मूल्य बराबरको समान बरामद गरेको छ ।

सो क्रममा एक थान मोटरसाइकलसहित सिरहा नगरपालिका-१५ दुर्गापुरका ३६ वर्षिय अशेश्वर सिंह महतोलाई पक्राउ गरेको हो । बरामद समानसहित पक्राउ परेका महतोलाई कारवाहीका लागि जिल्ला भन्सार कार्यालय बुझाइने प्रहरीले बताएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE