बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

भक्तपुर बस दुर्घटनामा ९ जना घाइते

६ पुस, काठमाडौं । आज भक्तपुरको जगातीमा बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । काभ्रेको बनेपाबाट काठमाडौं आउँदै गरेको बा २ ख ७२७३ नं.को बस नियन्त्रण गुमाएर सडकमै पल्टिएको थियो ।

बसमा सवार ९ जना घाइते भएका छन् । ८ जनाको उपचार सल्लाघारीस्थित इवामुरा अस्पतालमा र एक जनाको भक्तपुर जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना पश्चात फरार रहेका चालकको खोजी भइरहेको महानगरीय प्रहरी वृत जगातीले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE