बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

सहिद स्मारक ‘ए’ डिभिजन लिग : दसौं चरणका खेल आजबाट शुरु

६ पुस, काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि दसौं चरणका खेल शुरु भएका छन् । पहिलो दिन आज ३ नवटा खेल हुने छ । आजका खेलहरुले उपाधि समीकरणमा भने कुनै प्रभाव पार्ने छैन ।  एन्फा मैदान सातदोबाटोमा हुने खेलमा मच्छिन्द्र क्लब र सरस्वती युथ क्लब भिड्ने छन् ।

एन्फा मैदानमै हुने दोस्रो खेलमा हिमालयन शेर्पा र फ्रेण्ड्स क्लब भिड्ने छन् । यसैगरी हलचोक मैदानमा जावलाखेल युथ क्लब र न्यूरोड टिम (एनआरटी) आमने सामने हुने छन् ।

जारी लिगको नवौं चरणसम्म अपराजित रहेको मनाङ मर्स्याङ्दीले २७ अंकसहित तालिकाको अग्रता लिएको छ ।  २४ अंक जोडेको संकटा क्लब दोस्रो स्थानमा रहँदा २२ अंकसहित थ्री-स्टार क्लब तेस्रो स्थानमा छ । लिगमा एनआरटी र मच्छिन्द्र क्लबले जित निकाल्न सकेका छैनन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE