बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

स्थानीय तहमा जनप्रतिनिधि आए पनि २ दर्जन वडा सडकविहीन

७ पुस, बैतडी । जिल्लाको स्थानीय तहमा जनप्रतिनिधि आएको एक वर्ष भएपनि २ दर्जन वडा कार्यालय सडकविहीन छन् ।

४ नगरपालिका ६ गाउँपालिका गरी १० स्थानीय तहका ८४ वडामध्ये २२ वडा सडकविहीन रहेका २ स्थानीय तहका केन्द्रमा समेत सडक पुग्न सकेको छैन ।

सिगास गाउँपालिका र डिलाशैनी गाउँपालिकाका केन्द्रमा सडक पुग्न नसकेको सम्बन्धित स्थानीय तहले जनाए ।
जिल्लाको सबैभन्दा विकट सिगास गाउँपालिकाको वडा नं.१, २ र ३ बाहेक अन्य सबै वडामा सडक सञ्जाल नपुगेको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले जानकारी दिए ।

पुचौर्डी नगरपालिकाको वडा नं.२, ३, ४, ८ र ९ का वडा कार्यालयमा सडक पुग्न नसकेको नगरपालिकाका प्रवक्ता गौतमप्रसाद भट्टले बताए ।

डिलाशैनी गाउँपालिकाको वडा नं.१, ४ र ७ को वडा कार्यालय र पाटन नगरपालिकाको १, ५ र ७ नं वडा कार्यालय सडकविहीन रहेको छ । सुर्नया गाउँपालिकाको ६, ७ र ८ मा पनि सडक पुग्न सकेको छैन । मेलौली नगरपालिकाको वडा नं.४ र दोगडाकेदार गाउँपालिकाको वडा नं.१ को कार्यालय पनि सडकविहीन रहेका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE