बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

लाकुरीभञ्ज्याङ्ग प्रहरी प्रभागमा गोली चल्यो, अनुसन्धान गर्न ५ सदस्यीय समिति गठन

७ पुस, काठमाडौं । ललितपुरको लाकुरीभञ्ज्याङ्ग प्रहरी प्रभागमा गोली चलेको छ ।

गोली लागेर एक जना घाइते भएका छन् । घाइते हुनेमा प्रहरी जवान रोशन श्रेष्ठ हुन् । काठमाडौं विपद व्यवस्थापनमा कार्यरत उनी लाकुरीभञ्ज्याङ्ग प्रहरी प्रभागका इञ्जार्ज असई रमेश तामाङलाई भेट्न आएका थिए ।

उनीहरुको गृह जिल्ला दोलखा हो । घाइते प्रहरी जवान श्रेष्ठको मेट्रो प्रहरी अस्पतालमा उपचार भइरहेको छ । उनी खतरामुक्त रहेको ललितपुर प्रहरी परिसरले जनाएको छ । कार्यालयभित्रकै बेडरुममा बसिरहेको बेला तामाङको पेस्तोलको म्यागजिन अनलोड गर्ने क्रममा पेस्तोल पड्किएर श्रेष्ठको गालामा लागेको बताइएको छ ।

उनलाई नियन्त्रणमा लिएर सातदोबाटो प्रहरीले अनुसन्धान सुरु गरेको छ । अनुसन्धानका लागि सातदोबाटोस्थित प्रहरी कार्यालयका डीएसपी गौतम मिश्रको कमाण्डमा ५ सदस्यीय समिति गठन गरिएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE