बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

टिपर दुर्घटनामा चालकको मृत्यु

८ पुस, रोल्पा । लुङ्ग्री गाउँपालिका-४ सर्पामा शनिबार बेलुका भएको टिपर दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।

रा २ ख १३७९ नं.को उक्त टिपर दुर्घटनामा परी सोही टिपरका चालक ३५ वर्षिय देवबहादुर बस्नेतको घटनास्थलमै मृत्यु भएको हो ।

टिपर सडकबाट १५० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको थियो । मृतक चालक दाङ तुल्सीपुर उपमहानगरपालिका-१६ का स्थायी बासिन्दा हुन् ।

रुइनिवाङ-सिर्प सडकखण्डमा बाटो विस्तारका लागि प्रयोग गरिएको उक्त टिपर सर्पा भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।

सडक छेउमा माटो फाल्ने क्रममा उक्त टिपर भासिएर दुर्घटनामा परेको हो । मृतकको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलीचौरमा लगिएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE