बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

बालिका भारत लैजान खोज्ने २ युवाक पक्राउ

८ पुस, काठमाडौं । २ नाबालिकालाई फकाएर भारततर्फ बिक्रीका लागि लैजाँदै गर्दा प्रहरीले नुवाकोटका २ युवालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तादी गाउँपालिका-२ का कान्छा तामाङ र बुद्धिमान तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोट प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नुवाकोटको दुर्गम क्षेत्रमा पर्ने गाउँका २ नाबालिकालाई भारतमा राम्रो काम लगाइदिने भनेर त्यसतर्फ लैजाँदै गर्दा जिल्लाको तादी गाउँपालिका–५ बाहुनबेँसीबाट नियन्त्रणमा लिइएको हो ।

उनीहरूलाई शुक्रबार साँझ नियन्त्रणमा लिएको र सहयोग पुर्याउने अन्यको समेत खोजी जारी राखेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका ती २ विरुद्ध आज जिल्ला अदालत नुवाकोटमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको अभियोगमा मुद्दा दर्ता गरी अनुसन्धानका लागि हिरासतमा राख्न म्याद लिइने प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुविरुद्ध गत भदौ १८ गतेदेखि हराएका उर्लेनीका ३ किशोरीलाई पनि भारतमा लगेर बिक्री गरेको अभियोग उनीहरूका अभिभावकले लगाएका छन् । सो घटनामा संलग्नता सम्बन्धमा प्रहरीले पीडित पक्षबाट उजुरी लिएर अनुसन्धान अघि बढाएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE