बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

दाङ बस दुर्घटनामा परी मृत्यु भएका २४ जनामध्ये ११ जना जुम्लाका, विमानस्थलमै रुवावासी

८ पुस, काठमाडौं । दाङमा भएको बस दुर्घटनामा परी मृत्यु भएका २४ जनामध्ये ११ जना जुम्लाका विद्यार्थी परेपछि अहिले जुम्ला शोकमा डुबेको छ ।

सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयमा अध्ययनरत ११ जना जुम्ली विद्यार्थीको मृत्यु भएको हो । घाइतेमध्ये ४ जना पनि जुम्लाकै हुन् ।

मृत विद्यार्थीहरुमा चन्दननाथ नगरपालिका-६ का १६ वर्षिय कुसुम रावल, वडा नं. ३ का १७ वर्षिय हिम्मत बोहरा, कनकासुन्दरी गाउँपालिका-५ का २० वर्षिय विरेन्द्र कडारा, हिमा गाउँपालिका-५ की १७ वर्षिय शैलजा शाही, चन्दनथान-१० का १८ वर्षिय रुपेशजंग शाही र १७ वर्षिय रितेन्द्र शाही, चन्दननाथ-५ का देवीप्रसाद उपाध्याय, तिला गाउँपालिका-१ का जंगबहादुर बिक, चन्दननाथ-३ का १८ वर्षिय अर्जुन शाही, चन्दननाथ-१० का विपना खत्री र तिला गाउँ पालिका-३ का रमेश उपाध्याय रहेका छन् ।

मृतकमध्ये ८ जनाको शव हेलिकोप्टरबाट जुम्ला पुर्याइएको छ । शव जुम्ला र्पुयाइएपछि मृतकका आफन्तको विमानस्थलमै रुवावासी भएको हो ।

सन्तानलाई प्राविधिक शिक्षा पठाएर दुर्गमको सेवा गर्ने सपना बोकेका मृतकका आमाबाबा भावविह्वल भएका छन् ।

त्यस्तै दुर्घटनामा घाइते मध्येकाहरु तातोपानी गाउँपालिका-४ की १८ वर्षिय हिमाली हमाल, चन्दनाथ नगरपालिका-३ का १६ वर्षिय कुशेन्द्र खत्री, चन्दनाथ-२ का १७ वर्षिय जीवन भण्डारी र चन्दननाथ-४ की १६ वर्षिइ बर्षा रोकाया रहेका छन् ।
उनीहरु सबैको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE