बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

रविको गृह जिल्लामा भब्य स्वागत

११ पौष,धनगढी । गृहनगर पुगेका नेपाल आइडल सिजन दुईका विजेता रवि वडको कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा मंगलबार भव्य स्वागत गरिएको छ। विजेता बनेर गृहनगर पुगेका वडलाई स्थानीय प्रशंसकहरूले बाजागाजासहित नगर परिक्रमा गराएका हुन्। नगरपालिकाले आयोजना गरेको कार्यक्रममा वडलाई नगर प्रमुख दिलबहादुर ऐरले दोसल्ला ओढाएर सम्मान गरेका थिए।

नगर प्रमुख ऐरले भने, ‘सुदूरपश्चिमको छोरा रविले यहाँको नाम राख्न सफल भएको छ। यसमा हामीलाई गर्व छ’ उनले भने। कार्यक्रममा बोल्दै नेपाल आइडल सिजन दुईका विजेता वडले कुनै पनि प्रतियोगिता जित्नका लागि कसैको साथ चाहिने रहेछ, त्यो साथ यहाँका सवैले दिएको बताए। ’तपाइँहरूलाई जितेर देखाउछु भनेको थिएँ’ उनले भने,‘जितेर देखाएको छु। म अव यस ठाउँका लागि केही गर्न चाहन्छु।

त्यसका लागि योजना बनाएको छु।’ ’मैले मात्र जितेको होइन’ उनले भने,‘तपाइँहरूले जित्नु भएको हो। तपाइँहरू प्रति कृतज्ञता प्रकट गर्न चाहन्छु।’ यसैगरी भीमदत्तनगर पालिकाका प्रमुख सुरेन्द्र बिष्टले समेत भीमदत्तनगरको स्मारक चोकमा आयोजित कार्यक्रममा विजेता वडलाई अभिनन्दन गरी सम्मान पत्रले सम्मान गरेका थिए।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE