बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

हिउँदे अधिवेशनको पहिलो दिन आज कर्मचारी समायोजन अध्यादेश प्रस्तुत हुँदै

११ पौष, काठमाडौं । संघीय संसदको आजबाट सुरु हुने हिउँदे अधिवेशनमा कर्मचारी समायोजन अध्यादेश प्रस्तुत गरिने भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा अपराह्न ४ बजे सुरु हुने प्रतिनिभिसभाको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले अध्यादेश प्रस्तुत गर्ने कार्यसूची तय भएको हो ।

त्यस्तै, दलीय आधारमा सांसदहरूले मन्तव्य राख्ने, प्रशासकीय अदालत विधेयक सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल गर्ने र राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची पनि रहेको छ ।

संवैधानिक व्यवस्थाअनुसार, राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ४ गते संघीय संसदको बैठक आह्वान गरेकी थिइन् । सोही अनुरुप आज अपराह्न ४ बजे राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक बस्न लागेको हो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE