बिहिबार, असार ३, २०७८
Thursday, June 17, 2021

कर्णालीमा श्रम दिवस : कालिकोट सदरमुकामको फोहोर उठाइयो

१५ पौष,सुर्खेत । कर्णाली प्रदेश सरकारले आइतबार कालिकोटमा श्रम दिवस मनाएको छ । सरकारले हरेक महिनाको एक गते र पन्ध्र गते श्रम दिवस मनाउने घोषणा गरेसँगै पहिलोपटक राजधानी बाहिर श्रम दिवस मनाएको हो ।

सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, संघीय संसद दुर्गबहादुर रावत, प्रदेशसभा सदस्य कुर्मराज शाही, राष्ट्रियसभा सदस्यद्वय नरपति लुहार र जीवन बुढा, खाँडाचक्र नगरपालिकाका प्रमुख जसीप्रसाद पाण्डेलगायतले बजारमा यत्रतत्र छरिएको फोहोरलाई सफा गरेर श्रम दिवस मनाएका हुन् ।

उनीहरुले खाँडाचक्र नगरपालिका वडा नं. १ को सरसफाई गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सबैले श्रमको सम्मान गर्नुपर्ने बताए । उनले काम कोही ठूलो र सानो नहुने भन्दै देशको विकास गर्न सबैले आफ्नो क्षमता अनुसार काम गर्न लाज मान्ने प्रवृत्ति हटाउनुपर्नेमा जोड दिए ।

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले घर आँगन सफा भएको खण्डमा कोही कसैले पनि महामारीको शिकार हुन नपर्ने बताए । बजारमा स्वच्छता भएको खण्डमा पर्यटकीय आर्कषण पनि बढने बताउँदै उनले हरेक क्षेत्रमा स्वच्छता कायम गर्दै आर्थिक सम्पन्नतातर्फ अघि बढनुपर्ने बताए ।

मन्त्री ज्वालाले कर्णालीको विकास गर्ने हो भने हरेक क्षेत्रमा स्वच्छता कायम गरिनुपर्ने र प्रदेश सरकार स्वच्छता कायम गर्न प्रतिबद्ध रहेको धारणा राखेका थिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE