बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

 नगर बस सेवा सञ्चालन

प्रकाश बम डोटी / डोटीको शिखर नगरपालिकाले नगर बस सेवा सञ्चालन गरेको छ । ५६ लाख ६० हजार लगानीमा नगरपालिकाले दुई वटा बस सहित यातायात सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

आईतवार एक कार्यक्रमबीच शिखर नगर पलिकाका नगर प्रमुख सिताराम जोशीले नगर बसको उद्घाटन गरेका हुन् । नगरपालिकाले आफ्नै स्रोतबाट खरिद गरेर संञ्चालनमा ल्याएको २६ सिट पास नगरबसले सर्बसाधारण नागरिकलाई सर्वसुलभ यातायात सेवा पुग्नेमा नगर प्रमुख जोशीले विश्वास व्यक्त गरे ।

स्थानीय तह निर्वाचनका बेला नगरबस सेवा सञ्चालन गर्ने आफ्नो घोषणापत्रमा उल्लेख रहेको र सर्बसाधारण यात्रुहरूले यात्राका क्रममा भोग्ने गरेको समस्यालाई मध्येनजर गरेर नगरबसको अवधारणा ल्याएको जोशीले बताए ।

नगर क्षेत्रमा सहज गाडी नपाउँदा घण्टौँ कुर्नुपर्ने अवस्था रहेकाले यो अवधारणा ल्याएको बताउँदै उनले अब कम्तीमा पनि नगर बसले थोरै भएपनि राहत हुने बताए । नगरबसमा भाँडा सार्वजनिक यातायात भन्दा २५ प्रतिशत सस्तो रहेको समेत उनको भनाई छ ।

बस सञ्चालनको कार्यविधि बनाएर सेवालाई सहज, पारदर्शी र प्रभावकारी बनाउने योजना नगरपालिकाको रहेको बताइएको छ । यससंगै नगर प्रमुख जोशीले सडकको स्तरोउन्नति पछि हरेक वडामा नगर बस पुर्याउने लक्ष्य रहेको जानकारी दिए । कोराल खोला देखि सिलगढी सम्म नगर बस सञ्चालनमा आएपछि स्थानीय वासी हर्षित बनेका छन् ।

त्यसैगरी नगर पालिकाले खरिद निमावलि अनुसार ३८ लाख ६९ हजारमा एक टिपर,३६ लाख ९५ हजारमा पिकअप गाडी ल्याएको नगर पालिकाका कार्यकारी प्रमुख धर्मराज विनाडिले बताए । एम्बुलेन्स अहिले खरीद प्रक्रियामा रहेको विनाडिले जनाए ।

  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

WRITE COMMENTS FOR THIS ARTICLE