बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

आजबाट अंग्रेजी नयाँ वर्ष सुरु

१७ पौष,धनगढी । अंग्रेजी नयाँ वर्ष सन् २०१९ सुरु भएको छ । विश्वभर हर्षोल्लासका साथ नयाँ वर्षको भव्य स्वागत गरीएको छ । इसाई धर्मका संस्थापक जिसस क्राइस्टको जन्मदिनको सम्झनामा मनाइने अंग्रेजी नयाँ वर्ष कुनै धर्म्विशेषमा मात्र सीमित छैन ।

दुई हजार १७ वर्षपहिले अर्थात् क्राइस्टको जन्म भएको दिनदेखि इस्वी संवत् सुरु भएको हो । अंगेजी नयाँ वर्ष मनाउने परम्परा र यसको दायरा दिनानुदिन विस्तारकै क्रममा छ । केही वर्षअघिसम्म नेपालमा नयाँ वर्ष भन्नेबित्तिकै वैशाख १ गतेलाई मात्र बुझ्ने गरिन्थ्यो । तर, पछिल्ला वर्षमा जनवरी १ लाई पनि नयाँ वर्षको रूपमा उत्तिकै महत्व दिने गरिएको छ ।

नयाँ स्थानको भ्रमण गर्ने, किनमेल, पारिवारिक मिलनमा सहभागी भई खानपान गर्नेजस्ता साझा विशेषता नयाँ वर्षका पर्याय नै हुन् भन्दा अत्युक्ति नहोला । नयाँ वर्षको दायरा फराकिलो बनेसँगै यो पर्व मनाउने परम्परा तथा संस्कृति पनि देश र स्थानअनुसार फरक हुने गरेको छ ।

सन् २०१८ लाई बिदाई गरेर सन् २०१९ लाई स्वागत गर्ने शहरहरुमा न्यूजिल्याण्ड र अष्ट्रेलियाका प्रमुख शहरहरु रहेका छन् ।

न्यूजिल्याण्डको अकल्याण्ड र अष्ट्रेलियाका सिड्नी, मेलबर्न, क्यानबेरा तथा होबर्टमा भव्य आतिशबाजी गरेर अंग्रेजी नयाँ वर्ष २०१९ लाई स्वागत गरिएको छ । सिड्नीमा मात्रै नयाँ वर्षको स्वागतमा गरिएको आतिशबाजी हेर्न १० लाखभन्दा बढी मानिस जम्मा भएका थिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE