बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

बैतडीमा दमकलबाट खानेपानिको जोहो गरीदै

कृष्ण बिष्ट १७ पौष,बैतडी र पाटन नगरपालिका वाड नं ८ अन्र्तगतको खोडपे बजारमा दमकल द्धारा पानीको जोहो गर्नु पर्ने बाध्यता सिर्जना भएको छ । विगत ५ दिन देखि खोड्पे बजारमा खानेपानी आउन बन्द भएपछि नगरपालिकाको दमकलको माध्यमबाट खानेपानिको जोहो गरीन लागेको हो ।

२०७० सालमा निर्माण सम्पन्न भएको खोड्पे खानेपानि योजना बन्द भएपछि नजिक खानेपानि मुहान नहुदा नगरपालिकासँगको पहलमा दमकलको माध्यमबाट खानेपानिको ब्यवस्था गरीन लागेको खोड्पे बजार ब्यवस्थापन समितिका अध्यक्ष एबम सिद्धेस्वर खोड्पे खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष हरीस बिष्टले बताए ।

नगरपालिकाको प्रमुख ब्यापारीक केन्द्र खोडपे बजारमा खानेपानीको समस्या भएको खबर आएपछि पानी बोक्ने साधन दमकल मात्रै भएको हुदा दमकलको माध्यमबाट खानेपानीको ब्यवस्था गरीएको नगरपालिकाका नगर प्रमुख केसव बहादुर चन्दले जानकारी दिनुभयो । बजारमा खानेपानिको चरम समस्या हुदा २४ किलोमिटर टाढा सुर्नया नदीबाट पानिको ब्यावस्था गरीन लागेको हो ।

यस्तै मोटरमा समस्या आउन थालेपछि बजार क्षेत्रमा ११० जाना उपभोक्ताहरु खानेपानीबाट समस्या झेल्दै आएका छन । चिसोको समय भएकाले पाइप भित्र पानी जमेपछि मोटरले धान्न नसक्दा काम गर्न छोडेको प्रबिधिक महेन्द्र प्रजापतीले बताउनुभयो । खोडपे बजारमा २०७० सालमा डेड कि.मि. टाढा बाट लिफ्टीङको माध्यमबाट खानेपानी निर्माण कार्य सम्पन्न गरेको भएपनि खानेपानि योजनामा बेला बेला समस्या आउने गरेको छ ।

मोटरमा खराबी आएपछि खानेपनि समिति सँग भएका दुइ वटै मोटर मर्मतको लागि धनगडी पठाइएकाले मर्मत हुन एक हप्ता अझै लाग्ने बजार ब्यावस्थापन समिती अध्यक्ष एबम सिद्धेस्वर खोडपे खानेपानी तथा सरसफइ उपभोक्ता समितीका अध्यक्ष हरीस बिष्टले बताउनुभयो । खानेपानी उपभोक्ता समितीलाई बेला बेला आर्थीक समस्या पनि हुने गरेको छ ।

उपभोक्ताहरुको घरघरमा खानेपानिको धारा जडान गरी मिटर जडान गरीएको र खानेपानी सुबिधा पु¥याए वाफत न्युनतम सुल्क ३ सय लिने गरेपनि उक्त रकमबाट ब्यावस्थापनमा समस्या आउने गरेको उहाको भनाइ छ । ३ जाना कर्मचारी को पारीश्रमीक २० हजार र बिद्युत महसुल १० हजार सम्म पर्ने गरेको हुदा आर्थीक समस्या हुने गरेको छ ।

खानेपनिमा आउने प्रबिधिक तथा आर्थीक समस्यालाई नगरपालिकाले समाधान गर्नुपर्नेमा यहाका ब्यावसायीहरुको माग छ । ब्यावसायी र सर्बसाधारणहरुमा खानेपानीको सहज बितरण गर्नको लागी नगरपालिकाले आर्थीक तथा प्राबिधिक सहयोग गर्नुपर्ने सिद्धेस्वर खोडपे खानेपानी उपभोक्ता समितीका सचिव मोहन सिह बिष्टले बताउनुभयो । जवाफमा नगर प्रमुख चन्दले उपभोक्ता समितीको मागमा आफु सकारात्मक रहेको र नगरपालिका बाट आफ्नो पुर्ण सहयोग हुने बताउनुभयो ।

  • 61
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    61
    Shares

WRITE COMMENTS FOR THIS ARTICLE