बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको सपथ ग्रहण आज

१८ पौष,काठमाडौं । नयाँ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज सपथ ग्रहण गर्दैछन्। संसदीय सुनुवाइ समितिबाट मंगलबार प्रधानन्यायाधीशमा सर्वसम्मत स्वीकृत राणाले बुधबार सपथ ग्रहण गर्ने भएका हुन्। राष्ट्रपति भवन शीतल निवासमा अहिले बिहान सवा १० बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट राणाले पद तथा गोपनीयताको सपथ ग्रहण गर्ने कार्यक्रम छ।

त्यसपछि ११ बजे प्रधानन्यायाधीले राणााले सर्वोच्च अदालतमा पदभार सम्हाल्ने अदालत स्रोतले जनाएको छ। उमेरहदका कारण ओमप्रकाश मिश्रले मंगलबारै प्रधानन्यायाधीशबाट अवकाश लिइसकेका छन्। संसदीय सुनुवाइबाट राणाको नाम अनुमोदन भएलगत्तै संवैधानिक परिषद्ले मंगलबारै साँझ नियुक्तिका लागि राष्ट्रपति कार्यालयमा पत्रचार गरेको थियो।

नियुक्ति र सपथका लागि सम्पूर्ण तयारी पूरा भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ। २०१४ सालमा काठमाडौंमा जन्मिएका राणा, २०४७ सालपछि पूर्ण कार्यकाल प्रधानन्यायाधीश हुने पहिलो व्यक्ति हुन्। आगामी ०७९ सालसम्म सर्वोच्च अदालतको नेतृत्व सम्हाल्न लागेका राणाले आफ्नो चार वर्षे कार्यकाल विवादरहित बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्। उनले अघि सारेको अवधारणापत्रमा न्यायालयलाई अनियमितता र भ्रष्टचारमुक्त बनाउने दाबी गरिएको छ। नेपालखबरबाट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE